
काठमाडौं, जेठ २२ । बक्सिङका वादशाह नै मानिने पूर्व हेभिवट विश्व च्याम्पियन मोहम्मद अलीको निधन भएको छ ।
स्वास प्रश्वासको समस्या रहेको ७४ वर्षिय अलीलाई पार्किन्सन्सको समस्या पनि थियो । दुई दिनअघि अस्पताल भर्ना गरिएका अलीको आज निधन भएको हो ।
सन् १९८४ देखि अली पार्किन्सन्सको बिरामी रहेका थिए । सन् २०१४ मा अलीलाई पिसाब सम्बन्धी संक्रमण देखिएको थियो ।
तीन पटकका विश्व च्याम्पियन अली सन् १९६४, १९७४ र १९७८ मा विजेता बनेका थिए । कासिअस मार्सेलस क्ले नाम रहका अलीले पछि नाम परिवर्तन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्