
केशव भण्डारी (इमेज)
बुटवल, असार २७ । प्रदेश नम्बर–५ को मन्त्रिपरिषद बैठकले पशु बधशाला तथा मासु जाँच ऐन तर्जुमाका लागि सैद्धान्तिक सहमति दिएको छ ।
बुधबार बसेको बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ल्याएका सात प्रस्तावहरु स्वीकृत गरेको हो ।
बैठकले बीउ–विजन ऐन तर्जुमा, सहकारी ऐन, कृषि व्यवसाय प्रवद्र्धन ऐन, मल ऐन, पशु स्वास्थ्य तथा पशुसेवा ऐन तर्जुमाका लागि सैद्धान्तिक सहमति दिएको जनाइएको छ ।
बैठकले प्रदेश–५ पत्रकार महासंघलाई कार्यालय सन्चालनका लागि दुई लाख रुपैयाँ अनुदानसमेत दिएको छ । प्रदेश पत्रकार महासंघको कार्यालय बुटवलमा राख्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्