
काठमाडौं, जेठ २० । फ्रान्स र जर्मनीमा भारी वर्षापछि आएको बाढीमा परी कम्तिमा पाँचजनाको ज्यान गएको छ ।
थुप्रै सहरहरुमा बाढी पस्दा सयौं घर डुबानमा परेका छन् । बाढीका कारण कयौं ठाउँका सडक अवरुद्ध भएका छन् ।
जर्मनीको रोटाल जिल्लाका अधिकांश घर डुबानमा परेकाले सर्वसाधारणलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
जर्मनीको एक विद्यालय डुबानमा पर्दा २ सय ५० जना विद्यार्थी फसेकोमा ४८ घन्टापछि उद्धार गरिएको छ ।
फ्रान्सका ३ सय ५० भन्दा बढी बाढीपीडतलाई भने शरणार्थी शिविरमा राखिएको छ ।
यसैबीच, फ्रान्स र जर्मन सरकारले बाढी प्रभावितका लागि उचित राहतको व्यवस्था गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्