७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सोमालियाको होटलमा बन्दुकधारीको आक्रमण, दुई सांसदसहित १० जना मारिए


0
Shares

काठमाडौं, जेठ २० । सोमालियाको राजधानी मोगादिसुस्थित एक होटलमा बन्दुकधारीले गरेको आक्रमणमा कम्तिमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना सांसदसमेत छन् ।

बन्दुकधारीले एम्बेसडर होटलको बाहिरी गेटमा विस्फोट गराउँदै होटलभित्र पसेर आक्रमण गरेको प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।

यो होटलमा नेता तथा सरकारी अधिकारीहरुसमेत बस्दै आएका थिए । आक्रमणमा अरु ४० जनाभन्दा बढी घाइते भएका छन् ।

हमलापछि चरमपन्थी संगठन ‘अल–सबाब’ले यसको जिम्मेवारी लिएको छ । (एजेन्सी)