
काठमाडौं, जेठ १६ । प्रहरीले तीन किलो कोकिनसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले चिनियाँ नागरिक छुन मान होलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
मलेसियाको क्वालालम्पुरबाट हङकङ जाने क्रममा काठमाडौं आईपुगेका छुन पक्राउ परेका हुन् । बरामद भएको कोकिनको बजारमूल्य ६ करोड ३५ लाख ५० हजार रुपैयाँ बराबरको रहेको बताइएको छ ।
छुनले हङ्गकङ्गमा बस्दै आएका लागू औषधका मूख्य कारोवारी साम भन्ने ब्यक्तिको काम गर्ने गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
चार दिनअघि पनि ब्युरोले चार जनालाई कोकिनसहित पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्