
मोरङ, जेठ १६ । मोरङको कटहरीबाट लागुऔषध गाँजासहित आज एक युवती पक्राउ परेकी छिन् ।
धनकुटा छिन्ताङ ८ बस्ने ३१ वर्षीया रचना लामालाई प्रहरीले अन्दाजी १३ किलो गाँजासहित बिहान ६ बजे कटहरी ९ स्थित रंगेली–विराटनगर सडक खण्डबाट पक्राउ गरेको हो ।
को१६प ९१४७ नम्बरको स्कुटरमा बिराटनगरबाट रंगेलीतर्फ जादै गरेकी लामालाई सिआरभी पोष्ट कटहरीले सम्झना गार्डेन नजिकै रोकेर चेक गर्दा उनको साथमा रहेको झोलाबाट उक्त परिमाणको गाँजा बरामद भएको थियो ।
बरामद गाँजासहित युवती र स्कुटी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्