९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


भरत खत्रीले जिते लाङटाङ–गोसाईकुण्ड हाफ म्याराथनको उपाधि


0
Shares

काठमाडौं, जेठ १६ । प्रथम लाङटाङ गोसाईकुण्ड हाफ म्याराथनको उपाधि नेपाली सेनाका भरत खत्रीले जितेका छन् ।

रसुवाको लाङटाङदेखि गोसाईकुण्डसम्मको २१ किलोमिटरको दुरी १ घण्टा १७ मिनेट ५५ सेकेण्डमा सकाउँदै सेनाका धावक खत्रीले उपाधि जितेका हुन् ।

खत्रीभन्दा ५ सेकेन्डले मात्रै पछि परेका आर्मीकै अर्का धावक होमलाल श्रेष्ठ दोस्रो भए भने जुम्लाका गोविन्दप्रसाद अधिकारी तेस्रो भए । अधिकारीले १ घण्टा १८ मिनेट ४२ सेकेण्डमा रेस सकाए ।

महिलातर्फ २ घण्टा २ मिनेट २६ सेकेण्डमा रेस सकाएकी फुलमाया स्याङ्बा प्रथम भईन । यसैगरी कमला तामाङ दोस्रो भईन् भने विमला बिक तेस्रो भइन् ।

भुकम्पले प्रभावित रसुवाको लाङटाङ, गोसाईकुण्डलगायतका पर्यटकीय क्षेत्रलाई पुनर्जिवन दिने उद्देश्यले ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टानले लाङटाङ गोसाईकुण्ड हाफ म्याराथन आयोजना गरेको हो ।