१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


नेपालले आज लाओससँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल्ने


0
Shares

काठमाडौं, जेठ १६ । नेपालले आज लाओससँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल खेल्दैछ । लाओस विरुद्धको खेल लाओसको भियनतानस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार आज साँझ सवा ५ बजे सुरु हुनेछ ।

जापानी प्रशिक्षक ग्योतोकु कोजीले नेपाली टोलीको जिम्मेवारी समालेयता नेपालको यो पहिलो औपचारिक खेल हो । यसअघि उनको नेतृत्वमा नेपालले मलेसियाको २१ वर्ष मुनिको टोलीसँग मैत्रिपुर्ण खेल खेलेको थियो ।

आजको खेलमा नेपाली टोलीको कप्तानी अनिल गुरुङले गर्दैछन् । यसैगरी चर्चित खेलाडीहरु भरत खवास, किरण चेम्जोङ लगायतले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

लामो समयसम्म नेपाली राष्ट्रिय फुटबल टोलीले खेल्ने औपचारिक प्रतियोगिता नभएकाले अखिल नेपाल फुटबल संघ एन्फाले मैत्रिपूर्ण खेललाई प्राथमिकता दिएको हो ।

विश्वकप छनोट र एसियन कप छनोटबाट बाहिरीसकेको नेपालले खेल्ने अर्को औपचारिक फुटबल प्रतियोगिता अर्को वर्ष बंगलादेशका हुने साफ च्याम्पियनसिप हो ।