८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पाकिस्तानमा परिवार नियोजनसम्बन्धी विज्ञापनमा प्रतिबन्ध


0
Shares

काठमाडौं, जेठ १६ । पाकिस्तानमा परिवार नियोजनसम्बन्धी सम्पूर्ण विज्ञापनमा प्रतिबन्ध लगाइएको छ ।

पाकिस्तानको विद्युतीय सञ्चार नियमक निकायले यस्ता विज्ञापनले अवोध बालबालिकामा नकारात्मक उत्सुत्कता बढाएको जनगुनासो आएको भन्दै विज्ञापनमा प्रतिबन्ध लगाएको जनाएको छ ।

पाकिस्तान समाजिक रुपमा पुरातनवादी मुस्लिम मुलक हो । विश्वको छैठौं घना आवादी भएको मुलुक पाकिस्तानमा परिवार नियोजनसम्बन्धी विज्ञापन पहिला पनि विरलै सार्वजनिक हुने गरेका थिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण एसियामा नै जन्मदर रोक्ने उपायको कम पहुँच रहेको मुलुकमा पाकिस्तान अग्रस्थानमा छ । (एजेन्सी)