
पोखरा, जेठ १४ । कास्कीको पोखरामा एक व्यक्तिले आफ्नी श्रीमती र छोरीको हत्या गरेका छन् ।
पोखरा उपमहानगरपालिका–१४ रातोडाँडाका बिमल पुनले श्रीमती नरमाया र छोरी पूर्णिमा पुनको हत्या गरेका हुन् ।
शुक्रबार दिउँसो घरमा बसिरहेका बेला पुनले श्रीमती र छोरीको हत्या गरेको प्रहरीले जनाएको छ
हत्याको कारण खुल्न सकेको छैन । पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीको नियन्त्रणमा रहेका पुनले आफूले श्रीमती र छोरीको हत्या गरेको स्वीकारेका छन् ।
घटनाको विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।
प्रतिक्रिया दिनुहोस्