९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


मौरिन्हो बने म्यानचेस्टर युनाइटेडको प्रशिक्षक


0
Shares

काठमाडौं, जेठ १४ । इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेडले जोजे मौरिन्होलाई प्रशिक्षक नियुक्त गरेको छ ।

म्यानचेस्टर युनाइटेडका सहअध्यक्षले शुक्रबार विज्ञप्ति जारी गर्दै मौरिन्होलाई प्रशिक्षक नियुक्त गरिएको जनाएका हुन् ।

सम्झौतापत्रमा हस्ताक्षर भएपछि मौरिन्होलाई प्रशिक्षक बनाइएको औपचारिक घोषणा गरिएको हो ।

पूर्वचेल्सी प्रशिक्षक मौरिन्होलाई जिम्मेवारी दिने विषयमा दुई साताअघि नै सैद्धान्तिक सहमति जुटे पनि सम्झौताको खाका तयार हुन सकेको थिएन ।

५३ वर्षीय पोर्चुगीज प्रशिक्षक मौरिन्होलाई गत सिजनको बीचमै चेल्सीले बर्खास्त गरेपछि उनी कुनैपनि क्लबसँग आबद्ध भएका थिएनन् ।

चेल्सी, इन्टर मिलान, रियल मड्रिड, एफसी पोर्टोलगायतका क्लबलाई घरेलु तथा युरोपियन उपाधि जिताइसकेका मौरिन्होको आगमनले म्यानचेस्टर युनाइटेड फेरि युरोपको फुटबल ‘पावर हाउस’ बन्ने धेरैको अनुमान छ ।

मौरिन्होले युनाइटेडका प्रशिक्षक भान हाललाई विस्थापित गरेका हुन् । (एजेन्सी)