
अपडेटः
काठमाडौं, जेठ १४ । लाओसविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार लाओस गएको छ ।
नेपाली टोली दिउँसो साढे १ बजे थाइ एअरवेजको विमानमार्फत् त्यसतर्फ प्रस्थान गरेको हो । टोली थाइल्यान्डको बैंकक हुँदै लाओसको भियानतियान पुग्नेछ ।
यसअघि, शुक्रबारै टोलीलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा बिदाइ गरिएको थियो ।
नेपालले आइतबार नेपाली समयअनुसार साँझ सवा ५ बजे लाओसविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ ।
लामो समयसम्म नेपाली राष्ट्रिय फुटबल टोलीले खेल्ने औपचारिक प्रतियोगिता नभएकाले अखिल नेपाल फुटबल संघ (एन्फा)ले मैत्रीपूर्ण खेललाई प्राथमिकता दिएको हो ।
लाओसविरुद्धको खेलका लागि नेपाली टोलीमा अनिल गुरुङ, किरण चेम्जोङ, भरत खवासलगायतका खेलाडीले पुनरागमन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्