८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


अपहरित उद्योगी केडियालाई कहाँ लगियो ?, गोली लागेका चालकको अवस्था सुधारोन्मुख


0
Shares

वीरगन्ज, जेठ १४ । बाराबाट अपहरणमा परेका वीरगन्ज खाद्य उद्योगका सन्चालक सुरेश केडियाको अवस्था अझै अज्ञात छ ।

विहीबार साँझ बाराको पसाहबाट अपहरणमा परेका केडियालाई भारत पुर्‍याइएको आशंकामा नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी खोजीकार्य अघि बढाएको छ ।

भारतीय प्रहरीको सहयोगमा सीमावर्ती गाउँहरुमा केडियाको खोजी तीव्र बनाइएको नेपाल प्रहरीले जनाएको छ ।

केडिया चढेको गाडी रोकेर चालक श्याम साह (कानु)माथि गोली प्रहार गरी अपहरणकारीहरुले केडियालाई लिएर गएका थिए ।

गम्भीर घाइते अवस्थामा रहेका कानुको भरतपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

उनको स्वास्थ्यमा केही सुधार आएको चिकित्सकले जनाएका छन् ।