७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


कोरियन एअरलाइन्सको विमानमा आगलागी, यात्रु सुरक्षित


0
Shares

टोकियो, जेठ १४ । कोरियन एअरलाइन्सको एक विमानमा उडान भर्ने क्रममा आगो लागेको छ ।

जापानको हानेदा विमानस्थलबाट कोरियाको सियोलका लागि उडान भर्नै लाग्दा विमानको देब्रे इन्जिनमा आगो लागेको हो । तर विमानमा सवार तीन सयभन्दा बढी यात्रु सकुशल छन् ।

अग्नि नियन्त्रक र विमान कर्मचारीहरुले आगो नियन्त्रणमा लिएका थिए । विमानमा आगो लागेका कारण केहीबेर विमानस्थलमा उडान र अवतरण अवरुद्ध भएको थियो । (एजेन्सी)