
इटली, जेठ १४ । इटली नजिकै भूमध्यसागरमा प्रवासीहरु सवार एउटा डुंगा डुबेको दृष्य क्यामेरामा कैद भएको छ ।
डुंगामा सवार ५६२ जनालाई उद्धार गरिएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
अधिकारीहरुका अनुसार नजिकै आउँदै गरेको एउटा डुंगालाई देखेपछि सबैजना एक छेउमा जम्मा हुने क्रममा सन्तुलन बिग्रिएर डुंगा पल्टिएको हो ।
डुंगा पल्टिन लागेपछि केही समुद्रमा हामफालेका थिए भने केही डुंगा समातेर माथिल्लो भागतिर झुण्डिदैं ज्यान जोगाउने प्रयासमा लागेका थिए ।
इटलीको तटरक्षक दल सवार डुंगाबाट ती आप्रवासीहरुको उद्धारमा हावा भरिएका साना डुंगा तथा लाइफ ज्याकेट समुद्रमा फालेर उद्धार गरिएको थियो ।
(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्