८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


हत्याका दुई अभियुक्त १६ वर्ष पछि पक्राउ


0
Shares

वीरगन्ज, जेठ १३ । वि.स. २०५७ सालको श्रावन महिनामा बीरगन्जमा भएको हत्याकाण्डका दुई जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरी बुधबार सार्बजनिक गरेको छ ।

सिआइवी टोली र पर्सा प्रहरीको सक्रियतामा घटनामा सलग्न रहेको आरोप पर्साबाट दुई जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १७ बाइपासमा रहेको सौदागर आयलका संचालक श्रीराम प्रसाद रौनियारको २०५७ साल श्रावण ७ गते गोली हानी हत्या गरिएको थियो ।

हत्या अभियोगमा पर्साको भिखमपुर बार्ड नम्बर ९ निवासी धर्मेन्द्र पटेल र वीरगन्ज–१७ पिपरा निवासी देवेन्द् पटेललाई पक्राउ गरी  जिल्ला प्रहरी कार्यालय पर्सामा सार्वजनिक गरिएको हो ।

घटनाको १६ वर्ष पछि विशेष सुचना र प्रमाणका आधारमा पटेलद्वयलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए ।

पेट्रोल पम्पका संचालक रौनियालाई पम्पबाट पैसा लिएर घर आइरहेको अवस्थामा गोलीहानी पैसा लुटिएको थियो ।

घटनामा सलग्न रहेको पुरै समुहको बारेमा अनुशन्धान भइरहेको र घटनासगं गोप्य रहेको धेरै कुराहरु बिस्तारै खुल्दै जाने पर्साका  प्रहरी उपरिक्षक श्रेष्ठले दावी गरेका छन् ।