
डिल्लीराज पन्त (इमेज)
कन्चनपुर, जेठ १२ । महेन्द्रनगरको ४ नम्बर गल्लीस्थित संगम होटलमा गत वैशाख २३ गते भएको हत्याकान्डका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरले बुधबार पत्रकार सम्मेलन गरी सो हत्याका आरोपी बेतकोट नगरपालिका दैजीका १८ वर्षीय तारासिंह बोहोरालाई सार्वजनिक गरेको हो ।
प्रहरीले बोहोरालाई भारतको चन्डिगडबाट पक्राउ गरी ल्याएको जनाइएको छ ।
बोहोराले होटेलका कामदार कृष्णसिंह विष्ट र भीमबहादुर रोकायाको हत्या आफूले गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले जानकारी दिए ।
उनले सँगै रक्सी सेवन गर्नेक्रममा झगडा भएपछि उनीहरुको हत्या गरेको बताएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्