
काठमाडौं, जेठ १२ । अफगानिस्ताका लागि तालिबानी नेतामा मावलावी हैबतुल्ला अखंदजादा चुनिएका छन् ।
तालिबानका पूर्वनेता मुल्ला मंसुर अमेरिकी कारबाहीमा मारिएपछि तालिबानको बुधबारको शीर्ष बैठकले अखंदजादालाई नयाँ नेता चयन गरेको हो ।
तालिबानका लागि शीर्ष भूमिका निर्वाह गर्दै आएका अखंदजादा प्रभावशाली र कुशल नेताकारुपमा परिचित भएको तालिबानले जनाएको छ ।
नयाँ नेता चयन भएको विज्ञप्तिमार्फत् जनाउँदै तालिबानले मुल्ला मंसुरको निधनले केही हदसम्म तालिबानलाई असर गरेपनि आफूहरुको मनोबल नघटेको जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्