
काठमाडौं, जेठ १२ । अमेरिकाको न्यू मेक्सिकोमा अमेरिकी राष्ट्रपति पदका रिपब्लिकनका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी र्यालीकाक्रममा भएको विरोध प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
ट्रम्पका विरोधीहरुसँग झडपपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुकासाथै केही प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ ।
र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै ट्रम्पले अमेरिका र मेक्सिकोको सीमामा पर्खाल लगाउने योजना सुनाएपछि झडप भड्किएको समाचारमा जनाइएको छ ।
झडपका कारण ट्रम्पको चुनावीसभा बिथोलिएको थियो । यसअघि पनि ट्रम्पविरुद्ध ठाउँ–ठाउँमा प्रदर्शन हुँदै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्