८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


आफ्नै छोरी बेच्ने र बलात्कार गर्न खोज्ने पक्राउ


0
Shares

धादिङ, जेठ १२ । आफ्नै छोरीलाई ललाइ–फकाइ दलालको हातमा बिक्री गर्न लागेका नुवाकोट जिल्ला उर्लेनी बस्ने ४८ वर्षीय एकजनालाई प्रहरीले पक्राउ गरी मंगलबार साँझ जिल्ला अदालतमा पेस गरेको छ ।

झापा जिल्ला दमक नगरपालिका–११ का ४३ वर्षीय प्रकाशकुमार आचार्यसहितलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जीयारले जानकारी दिए ।

आचार्यमार्फत् विदेश बेच्न लान लागेको आशंकामा धादिङको नौबिसेबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । अभियुक्त दुबैलाई मानव बेचबिखनअन्तर्गत् मुद्दा चलाइने प्रहरीले जनाएको छ ।  

यसैगरी, ४ वर्षीया एक धर्मपुत्रीलाई बलात्कार गरेको आरोपमा धादिङको कुम्पुर गाविस–४ का ४८ वर्षीय एकजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पटक–पटक बलात्कार गरेकोे पीडित बालिकाले आमालाई भनेपछि अभियुक्त बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालये जानकारी दिएको छ ।

अभियुक्त बाबुलाई बलात्कार गरेको अभियोगमा मुद्दा चलाउने प्रहरीले जानकारी दिएको छ । रासस