
काठमाडौं, जेठ १२ । टर्कीका राष्ट्रपति रिसेप तैयब अर्दोगानले टर्कीका नागरिकलाई यूरोप प्रवेशमा फ्रि भिसा सुविधा नदिए संसद्ले आप्रबासीसम्बन्धी सम्झौता रोक्न सक्ने चेतावनी दिएका छन् ।
इस्तानबुलमा बोल्दै राष्ट्रपति अर्दोगानले युरोपेली युनियनसँग भएको सम्झौताअनुसार पनि टर्कीलाई कुनै रकम नदिइएको बताए ।
सम्झौताअनुसार ईयूले ६ दशमलब ७ विलियन डलरको कोष टर्कीलाई उपलब्ध गराउनुपर्ने हुन्छ । इयूले भने टर्कीले प्रतिआतंकवादसम्बन्धी कानुनलगायतका शर्त नमोनेसम्म टर्किस नागरिकहरुलाई फ्रि भिसा दिन नसकिने बताएको छ ।
गत मार्चमा टर्की र ईयूबीच आप्रबासी सम्बन्धमा महत्वपूर्ण सम्झौता भएको थियो । यूरोप प्रवेश गर्ने अत्यधिक आप्रवासीको आगमन नियन्त्रण गर्न यो सम्झौता गरिएको थियो ।
सम्झौताअनुसार गत मार्च २० सम्म ग्रीस प्रवेश गरेका आप्रबासीले शरण स्वीकृतिका लागि आवेदन नदिए वा उनीहरु आप्रवासी प्रमाणित नभए उनीहरुलाई टर्की फिर्ता पठाइने छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्