
काठमाडौं, जेठ ११ । सिरियाको पूर्वी सहर होम्समा रुसी सेनाले प्रयोग गरेको रणनीतिक हिसाबले महत्वपूर्ण एअर वेसका चारओटा हेलिकोप्टर ‘आइएस’ले ध्वस्त पारेको छ ।
नयाँ सेटलाइट तस्वीरमा चार हेलिकोप्टर र २० ओटा लोरी आगोलागीमा परी ध्वस्त भएको देखाइएको बीबीसीले जनाएको छ ।
उक्त वेसमा रुसले निकै क्षति ब्यहोरेको जनाइएको छ । आगोलागीको कारण भने खुल्न सकेको छैन ।
क्रेमलिन समर्थित वेबसाइटले रुसी र सिरियाली सेनाले उक्त हेलिकोप्टर प्रयोग गर्ने गरेको उल्लेख गरेको छ ।
रुसले भने घटनाबारे आधिकारिक भनाइ सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्