७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


भारतीयको रेस्टुराँको खाना खाएपछि बेलायती नागरिकको मृत्यु, सञ्चालक दोषी ठहर


0
Shares

लन्डन, जेठ ११ । भारतीय नागरिकले संचालन गरेको एउटा रेस्टुराँबाट मगाएको खाना खाएपछि एक बेलायती नागरिकको मृत्यु भएको छ । ब्रिटेनको नर्थ योर्कशायरस्थित सो रेस्टुराँका संचालकलाई गुणस्तरहीन खाना खुवाएको भन्दै हत्याको दोषी ठहर गरिएको छ ।

३८ वर्षीय बेलायती नागरिक पाउल विल्सनले ‘इन्डियन गार्डन’ नामक रेस्टुराँबाट मगाएको खाना खाएपछि गम्भीर बिरामी भएको परिवारजनको आरोप छ । बिरामी भइ अस्पताल लगिएका उनको मृत्यु भएको थियो ।

सन् २०१४ मा भएको यो घटनापछि पीडित परिवारले मुद्दा दायर गरेका थिए । अदालतले सो रेस्टुराँका ५२ वर्षीय संचालक मोहम्मद जमानलाई हत्याका लागि दोषी ठहर गरेको हो ।

अदालतका अनुसार करिब तीन लाख पाउन्ड ऋण बोकेका रेस्टुराँ संचालकले गुणस्तरहीन खाना बेच्नुका साथै अप्रशिक्षित कर्मचारी राखेर व्यवसाय संचालन गर्दै आएका थिए । रकम बचाउन उनले गरेको यस्तो व्यवहारका कारण सेवाग्राहीको स्वास्थ्यमा खेलवाड हुनका साथै विल्सनको मृत्यु भएको अदालतको ठहर छ । (एजेन्सी)