७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


भियतनाममा अमेरिकी हतियार बिक्रीमा लाग्दै आएको प्रतिबन्ध हटाउने ओबामाको घोषणा


0
Shares

काठमाडौं, जेठ १० । अमेरिकी राष्ट्रपति बाराक ओबामाले भियतनाममा अमेरिकी हतियार बिक्रीमा लाग्दै आएको प्रतिबन्ध पूर्णरुपमा हटाउने घोषणा गरेका छन् ।

कुनै समय अमेरिकाको शत्रु रहेको कम्युनिष्टमुलुक भियतनाम भ्रमणकाक्रममा ओबामाले यो घोषणा गरेसँगै शीतयुद्धकालीन अवशेष हटाएको बताए ।

भियतनामी नेताहरुसँगको वार्ताले विश्वास र सहकार्य विकास गरेको उनको भनाइ थियो ।

अमेरिकी राष्ट्रपतिले आफ्नो भ्रमणबाट दुई मुलुकका जनता थप नजिकको सम्बन्ध विकास गर्न चाहेको स्पस्ट भएको बताए ।

भियतनामले दशकौंदेखिको हतियार खरिदमाथिको प्रतिबन्ध हटाउन माग गर्दै आएको थियो । यो प्रतिबन्ध सन् २०१४ मा भने आंशिकरुपमा हटाइएको थियो ।

भियतनाम युद्ध अन्त्यको ४१ वर्षपछि अमेरिकी राष्ट्रपतिको भियतनाम भ्रमण भएको हो ।

दक्षिणी भियतनाम कब्जा गर्नबाट कम्युनिष्टहरुलाई रोक्न अमेरिकी सेना भियतनाम युद्धमा सहभागी भएको थियो ।

युद्धकाक्रममा लाखौंको मृत्यु भएको थियो भने ५८ हजारभन्दा बढी अमेरिकी सेना पनि मारिएका थिए ।

सन् १९७५ मा युद्धको अन्त्यपछि कम्युनिष्टहरुले पूरै भियतनाममा नियन्त्रण कायम गरेका थिए ।

भियतनाम युद्धमा अमेरिकाले व्यहोरेको पराजय अमेरिकी इतिहासकै ठूलो मानिन्छ । (एजेन्सी)