७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


इराकमा आईएसविरुद्ध कडा कारवाहीको चेतावनी


0
Shares

काठमाडौं, जेठ १० । इराकका प्रधानमन्त्री हैदर अल अबादीले अतिवादी इस्लामिक समूह आइएसलाई फलुजा शहर छाड्न चेतावनी दिएका छन् ।

यसका लागि ठूलो सैन्य अभियान सुरु गर्ने अबादीले बताउनु भएको बीबीसीले जनाएको छ । आइएसको कब्जामा रहेको फलुजा शहरका बासिन्दालाई यसअघि नै शहर छाड्न इराक आर्मीले भनिसकेको थियो ।

फलुजालाई सन् २०१४ मा आईएसले कब्जामा लिएको थियो । सहर छाड्न नसक्ने परिवारले आफ्नो घरको छतमा सेतो झण्डा राख्नुपर्ने आर्मीले बताएको छ ।

फलुजामा ६० देखि ९० हजार मानिस हुन सक्ने जनाइएको छ । फलुजा शहरलाई २० हजार आर्मी र प्रहरीले चारैतिरबाट घेरेका छन् । (एजेन्सी)