१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


लाओसविरुद्ध मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टिम घोषणा


0
Shares

काठमाडौं, जेठ ९ । लाओसविरुद्धको मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ ।

मूख्य प्रशिक्षक जापानका ग्योतोकु कोजीले चारदिने विशेष प्रशिक्षणमा रहेका ३३ खेलाडीबाट अन्तिम २० जनाको नाम घोषणा गरेका हुन् ।

अनिल गुरुङ्गको कप्तानीमा तयार भएको नेपाली टिममा गोलकिपरमा किरण चेम्जोङ्ग र विकेश कुथु, डिफेन्डरमा रविन श्रेष्ठ, अनन्त तामाङ्ग, आदित्य चौधरी, देवेन्द्र तामाङ्ग, कमल श्रेष्ठ र विराज महर्जन छन् ।

त्यस्तै मिडफिल्डरमा प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ, हेमन गुरुङ्ग, विक्रम लामा, विशाल राई, राजेन्द्र रावल, अञ्जन विष्ट र रञ्जित श्रेष्ठ छन् ।

फरवार्डमा अनिलसँगै भरत खवास, नवयुग श्रेष्ठ र सुनील बल छानिएका छन् ।

नेपाल र लाओसबीचको खेल अर्को आइतबार लाओसमै हुनेछ । लाओस फिफा वरियतामा १७६ औं स्थानमा छ भने नेपाल १८० औं स्थानमा छ ।

नेपालले दुई वर्षसम्म औपचारिक रुपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने कार्यक्रम नभएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले मैत्रिपूर्ण खेलमा जोड दिएको हो ।