१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


म्यानचेष्टर युनाइटेडले जित्यो एफए कपको उपाधी


0
Shares

काठमाडौं, जेठ ९ । इङ्लिस फुटबलको प्रतिष्ठित प्रतियोगिता एफ.ए कपको उपाधी म्यानचेष्टर युनाइटेडले जितेको छ ।

शनिबार राती वेम्बले रंगशालामा भएको खेलमा क्रिष्टल प्यालेसलाई अतिरिक्त समयमा हराँउदै म्यान्चेस्टर युनाईटेडले १२ औं पटक एफ.ए कपको उपाधि जितेको हो ।

खेलको ७८ औं मिनेटमा जेसन पन्चियोनले गोल गर्दै क्रिष्टल प्यालेसलाई अग्रता दिए । यसको तीन मिनेट पछि म्यान्चेस्टर युनाईटेडका हुँवा माटाले एक गोल फर्काउदै खेल बराबरीसम्म ल्याए ।

निर्धारित ९० मिनेटको खेल १÷१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा म्यान्चेस्टर युनाइटेडका क्रिश स्मलीङले रातो कार्ड खाएपछि टोली १० जनामा समेटियो ।

तर १० जनामा समेटिएको म्यान्चेस्टर युनाईटेडका जेसी लिङ्गार्डले एक गोल गर्दै टोलीलाई प्रतिष्ठित उपाधि जिताएका हुन् ।

सन् २०१३ मा तत्कालिन प्रशिक्षक सर अलेक्स फर्गुसनले क्लव छाडे यता म्यान्चेस्टर युनाईटेडको यो पहिलो उपाधि हो ।