
काठमाडौं, जेठ ८ । इङ्लिस फुटबलको प्रतिष्ठित घरेलु प्रतियोगिता एफए कपको उपाधीका लागी आज म्यानचेष्टर युनाइटेड र क्रिष्टल प्यालेस भिड्दै छन् ।
यी दुई टोलीबीचको उपाधी भिडन्त नेपाली समय अनुसार राति सवा १० बजे वेमब्ले रंगशालामा हुने छ । जारी सिजन कुनै पनि प्रतियोगितामा उत्साहजनक प्रदर्शन गर्न नसकी उपाधीबिहीन बनेको म्यान्यूलाई आज उपाधीका साथ सिजनको सुखद अन्त्य गर्ने अबसर छ ।
म्यान्यूले सन् २०१३ मा प्रशिक्षक एलेक्स फर्गुसनले क्लब छाडे यता कुनै पनि प्रतियोगिताको उपाधी जित्न सकेको छैन ।
जारी सिजनको प्रिमियर लिगमा पाँचौ स्थानमा खुम्चिँदै पछिल्लो तीन वर्षमा दोस्रो पटक च्याम्पियन्स लिगमा छनोट हुन नसकेको म्यान्यूले आज १२ औं पटक एफए कपको उपाधी जित्न सके लामो उपाधी खडेरी त तोडिनेनै छ साथमा प्रशिक्षक लुइस भान हाललाई समेत केही राहत मिल्ने छ ।
तर प्रतियोगितामा कठिन यात्रा तय गर्दै फाइनल पुगेको म्यानयूलाई क्रिष्टल प्यालेसको चुनौती पन्छाउन सजिलो भने हुने छैन ।
प्रतिक्रिया दिनुहोस्