
काठमाडौं, जेठ ७ । बेलायतले आफ्ना नागरिकलाई नेपालमा रहँदा यहाँको राजनीतिक गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ ।
बेलायत सरकारले एक ‘भ्रमण सुझाव’ प्रकाशित गर्दै आफ्ना नागरिकलाई नेपालको राजनीतिमा संलग्न नहुन आग्रह गरेको हो ।
बेलायतले आफ्ना नागरिकलाई नेपालको कुनैपनि राजनीतिक गतिविधिमा संग्लग्न भएमा फिर्ती वा जरिवाना वा दुबै हुनेगरी कारबाही हुने जनाएको छ ।
नयाँ संविधान जारी भएपछि विवाद उत्पन्न भएकाले बन्द, हडताल र विरोध प्रदर्शन बारम्बार हुने बताउँदै उसले आफ्ना नागरिकलाई स्थानीय सन्चारमाध्यम हेर्ने र स्थानीय अधिकारी तथा पर्यटन व्यवसायीका सुझाव मान्न पनि अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्