
काठमाडौं, जेठ ६ । भारतको पश्चिम बंगाललगायत पाँच राज्यमा गरिएको विधानसभा चुनावको मत परिणाम आउन थालेको छ ।
जसअन्तर्गत् भारतको असम राज्यमा भारतीय जनता पार्टी विजयी भएको छ ।
सत्तामा रहेको कांग्रेसलाई हराउँदै भाजपाले पहिलोपटक सरकार बनाउने गरी बहुमत पाएको हो । त्यहाँ भाजपा गठबन्धनले बहुमत पाएको हो ।
प्रारम्भिक नतिजाअनुसार पश्चिम बंगालमा बाममोर्चा र कांग्रेस आइको गठबन्धनलाई पछाडि पार्दै ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेसले अग्रता लिइरहेको छ ।
पश्चिम बंगालको २७४ सिटमध्ये सुविधाजनक बहुमत ल्याउने गरी तृष्णमूल कांग्रेसले अग्रता लिएको छ । त्यसपछि कांग्रेस आइ र बाममोर्चा रहेका छन् ।
ममता बनर्जीको पार्टीलाई हराउन भन्दै पश्चिम बंगालमा कांग्रेस र कम्युनिष्ट एकजुट भएका थिए । तर, चुनावी नतिजाले ममतालाई फेरि सत्तामा पुर्याउने देखाएको छ ।
बामपन्थीहरुको पुरानो गढ मानिने केरलमा बामपन्थी गठबन्धनले बहुमत ल्याउने देखिएको छ ।
तामिलनाडूमा जयललिता फेरि मुख्यमन्त्री बन्ने बाटोमा अघि बढेकी छन् । उनको दल १५९ सिटमध्ये १०१ सिटमा अगाडि छ । पूरै नतिजा भने आइसकेको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्