
क्विटो (इक्वेडर), जेठ ५ । इक्वेडरमा बुधबार ६.७ म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले सो जानकारी दिएको छ ।
इक्वेडरमा एक महिनाअगाडि गएको ७.८ म्याग्निच्यूडको भूकम्पपछि पुनः ६.७ म्याग्निच्यूडको अर्को ठूलो भूकम्प गएको छ ।
एक महिनाअघि गएको उक्त भूकम्पमा परी ६८० जना व्यक्तिको मृत्यु भएको थियो ।
स्थानीय समयाअनुसार बुधबार बिहान २ः५७ मा गएको यस भूकम्प ६.७ म्याग्निच्यूडको मापन गरिएको इक्वेडर राष्ट्रिय भूगर्भिय संस्थाले पनि जानकारी दिएको छ ।
यस दक्षिण अमेरिकी राष्ट्रको पश्चिमी मनाबी क्षेत्र यो भूकम्पबाट प्रभावित भएको बताइएको छ ।
यस भूकम्पको विस्तृत विवरण भने प्राप्त भएको छैन । भूकम्पबाट हालसम्म मानवीय र सम्पत्ति क्षतिको पनि कुनै समाचार प्राप्त भएको छैन । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्