६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


हामी नागरिकको कर्तब्य


0
Shares

-डा. अर्चना जोशी

हामी नेपाली मध्य धेरैले एक चोटी होर्इन बारम्बार यी कुराहरु सोचेको हुनुपर्छ । जस्तै, किन हाम्रो घर वरपर, गल्लीहरू अनि ठुला सडकहरु फोहोर भएका होलान । किन बाग्मती नदि कलकल गरेर बग्नुको साटो फोहोरहरुको साथमा गन्हाउने गरि बग्छ होला । सार्बजनिक सवारि साधन, हस्पिटल, मन्दिर आदि स्थानमा अर्काको पालो मिचेर अगाडि  बढछ् होला । मान्छेहरु सार्बजनिक स्थानका भित्ताहरुमा जथाभावी  किन लेखिन्छ होला ।  बलियो मानिसले कमजोर मानिसलाई किन थिचोमिचो गर्छन होला । सार्बजनिक गाडिहरु काठमाडौंका साँघुरा शहरमा बेतोडले किन दौडिन्छन होला । गाडिहरु पहाडका घुम्तिहरुमा एक सासमा किन दौडिन्छन होला । गाडि गुड्ने सडकमा ढुक्कसंग मानिसहरु कसरी हिड्छन होला ।

यस्तै यस्तै अनगिन्ति कुराहरु जसले हाम्रो शहरलाई दिन प्रति दिन कुरुप बनाइरहेको छ । यी प्रश्नहरुले मलाई मात्र होइन हरेक नेपाली जसले आफ्नो मातृभुमिलाई माया गर्छन,उनीहरुको मन हरेक पल पोल्छ होला । के गर्ने, कसो गर्ने पर्यटकहरुले नेपालमा घुम्न आउंदा नाक थुनेर हिडन नपरोस् । बाटोमा हिड्ने मानिसहरु ढुक्क भएर हिडन सकुन अनि स्वस्च्छ बाताबरण हामी सबैले बाच्न पाउँने छौ । हरेक नेपालीको भित्रदेखिको कामना हो। तर कहिले  सरकारलाई दोष दिएर हुन्छ कि अरु कसैलाई दोष दिएर हामी हाम्रो दायित्वबाट टाढा भागिरहेका त छैनौ रु हामी सबैले एक चोटि मनन गर्नु पर्ने समय आएको छ ।

हरेक मानिस जसले यी कुरालाई मनन गर्छन,उनीहरुले अर्काको मुख ताक्नुभन्दा पहिले आफुमा लागु गर्ने अनि अरुलाई पनि लागु गर्न घच्घच्याउने, जसले गर्दा धेरै भन्दा धेरै मानिसमा कर्तब्यबोध हुन्छ । तपाईहरुलाई लाग्न सक्छ आफुले गर्ने त ठिकै छ तर अरुलाई कसरी सिकाउने मैले भनेको कसले मान्छ रु यो काम त सरकारको हो, आदि इत्यादि । तपाईहरु मध्य कतिजना बिद्यालय, बिश्वबिधालयका शिक्षक हुनुहुन्छ होला, कति डाक्टर, कति इन्जिनियर हुनुहुन्छ होला अनि कति बैंकका अधिकृत हुनुहुन्छ होला, अनि कति उच्च ओहदाका गन्यमान्य ब्यक्ति हुनहुन्छ होला । उहाहरुले आ-आफ्नो बिद्यार्थीहरु, सहकर्मीहरु, साथीहरु, छिमेकिहरू, आफन्तहरुसगं समाजिक बाताबरण स्वच्छ बनाउने कुराहरु गर्न सक्नुहुन्छ, नबुझेकालाई पटकपटक सम्झाउने प्रयास गर्नु पर्ने हुनसक्छ ।

उक्त अवस्थामा पनि हरेश नमानि आफनो कर्तब्यलाई निरन्तरता दिन आबश्यक हुन्छ जुन धेरै कष्टकर हुनससक्छ तर मेहनतको फल अवश्य मीठो हुन्छ । त्यस्तै गरि गृहणीहरुले पनि छरछिमेकमा आफुलाई लागेको कुराहरु फैलाएर सामाजिक बाताबरणलाई राम्रो बनाउन सहयोग गर्न सकिन्छ । अहिलेको जमानामा एकचोटि बिदेशीभुमि अझ भन्नु पर्दा बिकसित देशमा पाईला नहालेको नेपालीको कमि नहोला । बिदेशमा पुगेर जता हेरे नि सफा,शहरको बिचमा कलकल गरेर बग्ने स्वस्च्छ नदी,अनुशासित भएर हिड्ने नागरिकहरु अनि आफु भन्दा कमजोरलाई समान्न गर्ने बानि देखेरे हाम्रो देश नेपाल कहिले यस्तो हुन्छ भनेर नसोच्ने नेपाली कमै होलार बिकसित देशको यो अबस्था त्यतिकै जन्मेको होइन । हरेक जनताको सोच र आफ्नो देशप्रतिको कर्तब्यबोधले नै सुन्दर र स्वच्छ समाजको निर्माण भएको हो । अहिले पनि हरेक बिधालय तथा विश्व विद्यालय तथा हरेक कार्यालयमा नैतिकता,नागरिक कर्तब्य,अनुशासनको बिषयमा नियमित रुपमा जानकारि गराइन्छ । बालबच्चालाई घरघरमा यस्ताकुराहरु सिकाईन्छ । कसैले सार्बजनिक स्थलमा अनुशासन तोडेमा वरिपरिको मानिसले तुरुन्तै उक्त ब्यक्तिलाई सचेत गराउनुको साथै आबश्यक परेमा चेतावनी दिनुको साथै सम्बन्धित ठाउँमा उजुरि पनि गरिन्छ । जसले गर्दा यस्ता कुराहरु फेरिफेरि दोहोरिनबाट रोकिन्छ र सामाजिक बाताबरण सधैँ स्वच्छ रहिरहन मद्दतपुग्छ । त्यसैले हामी नेपालीले पनि अरुबाट अपेक्षा गर्नुभन्दा एउटा असल नागरिकको भुमिका निर्माण गर्न आवश्ययक छ ।

हामी जनतालाई हाम्रो कर्तब्यबोध गराउने प्रमुख भुमिका सञ्चारमाध्यमले गर्छ । देशको चौथो प्रमुखस्थानमा रहेको सञ्चारमाध्यमले मध्यस्तकर्ताको काम गर्छ।समाज बिकृति तिर ओरालो लागेको छ, भने त्यसमा रोक लागाउने कार्य गर्छ । नागरिकहरु कर्तब्यविमुख भएका अवस्थामा सहि बाटो देखाउने कार्य पनि संचार माध्यमले नै गर्छ । नेपालमा पनि सञ्चारमा ध्यमको बिकास द्रुत गतिमा भइरहेको छ । त्यसैले संचारमाध्यम तथा संचारकर्मीले पनि आफ्नो कर्तब्यबोध गरि,नेपाली नागारिकलाई आफ्नोकर्तब्यबोध गराउने शैक्षिक कार्यकमहरु संचालान गर्न अति आबश्यक छ । कसैलाई दोषदिनुमात्र नभइ उसका कमाजोरिहरु के लाउने अनि सहि मार्गदर्शनका कार्यक्रमले पनि हाम्रो जस्तो बिकासन्मुख देशलाई बिकासको बाटोमा अगाडी बढ्न सहयोग पुर्याउन्छ । प्रत्ये नेपाली नागरिकले आ-आफ्नो कर्तब्यबोध गरि हाम्रो देश नेपाललाई संसारकै सुन्दर देशहरुको तहमा पुर्याउनु हातेमालो गर्दे अगाडि बढ्ने समय आई सकेकोछ । आजै देखि सुरु गर्ने जमर्को गरौं ।

(लेखक: जापानको ओकायामा प्रिफेक्यूल युनिर्भसिटीमा भिजिटिङ रिर्सचर हुन)