
काठमाडौं, जेठ ५ । इंङ्गलिस प्रिमियर लिग फुटबलको अन्तिम खेलमा म्यान्चेस्टर युनाईटेडले बर्नमाउथलाई ३-१ ले हराएको छ ।
गत आईतवार रंगशालामा शंकास्पद वस्तु देखिएपछि स्थगित गरिएको खेल मंगलबार राती खेलाइएको थियो ।
खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन वायन रुनी, मार्कस रास्फोर्ड र आस्ले योङले एक एक गोल गरे । ईन्जुरी समयमा म्यान्चेस्टर युनाईटेडकै क्रिश स्मलीङले एक आत्माघाती गोल गरेपछि बर्नमाउथले उपहार पाएको हो ।
जितका वावजुद म्यान्चेस्टर युनाईटेड अर्को सिजनको युरोपियन च्याम्पियन्स लिगमा छनौट हुन भने असफल भएको छ ।
लिगमा ६६ अंकको साथ चौथो स्थानमा रहेको म्यान्चेस्टर सिटीसँग अंक बराबरी गरेपनि म्यान्चेस्टर युनाईटेड गोल अन्तरले पाँचौ स्थानमा खुम्चिएको छ ।
यसले उसलाई आँउदो सिजनको युरोपा लिगमा भने छनौट गराएको छ । यसपटक च्याम्पियन लेष्टर सिटीसँगै आर्सनल र टोटनह्याम हट्सपर च्याम्पियन्स लिगको लागि सिधै छनौट हुँदा चौथो स्थानको म्यान्चेस्टर सिटी छनौट चरणमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्