
पाँचथर, जेठ ४ । जिल्ला प्रहरी कार्यालय पाँचथरले २० वर्ष पुरानो मुद्दा अनुसन्धान गर्न भन्दै पाँचथर जिल्ला अस्पतालका तत्कालीन प्रमुख डा. तारा पोखरेललाई पक्राउ गरेको छ ।
२०५३ सालमा दर्ता भएर तामेलीमा रहेको सरकारी छाप–दस्तखत कीर्तेसम्बन्धी मुद्दामा मंगलबार डा. पोखरेल पक्राउ परेको पाँचथरका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
डा. पोखरेल २०५२ देखि ०५६ सम्म पाँचथर अस्पतालको प्रमुख रहेका थिए ।
बाल स्वास्थ्य महाशाखामा रहँदा अनियमितता गरेको आरोपमा अख्तियारले छानबिन गरेपछि पोखरेल निलम्बित अवस्थामा छन् ।
प्रतिक्रिया दिनुहोस्