१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


१३२ वर्षको इतिहासमा पहिलो पटक प्रिमियर लिग जितेपछिको खुशी (फोटो फिचर)


0
Shares

लन्डन, जेठ ४ । इंग्लिस क्लव लेस्टर सिटीले १३२ वर्षको इतिहासमा पहिलो पटक प्रिमियर लिग फुटबलको उपाधि हात पारेपछि टिम म्यानेजमेन्ट, खेलाडी र समर्थकमा खुशीको सीमा रहेन ।

अघिल्लो सिजनमा रेलिगेसनबाट बच्न निकै संघर्ष गरेको सो क्लवले यो सिजनमा आफ्नो प्रदर्शन सुधारमात्र गरेको होइन कि, इंग्ल्याण्डकै प्रतिष्ठित उपाधि हात पारेर क्लवको इतिहासमै नयाँ अध्याय थपेको हो ।

त्यसैले पनि सो क्लवका पदाधिकारी, खेलाडी र समर्थकका लागि खुशी साट्न विशेष कार्यक्रम आयोजना गरियो । भिक्टोरिया पार्कमा आयोजित विशेष कार्यक्रममा एक लाख २० हजारभन्दा बढी मानिस सहभागी भएका थिए ।

कार्यक्रममा क्लवका मेनेजर, खेलाडी लगायतले संक्षिप्त सम्बोधन गर्दै ऐतिहासिक उपलब्धि हासिल गर्ने यात्रामा साथ दिएका प्रशंसक लगायतलाई धन्यवाद दिएका थिए ।

क्लवकै जर्सीमा उपस्थित समर्थकहरुमा पनि खुशीको सीमा थिएन । उनीहरु उफ्रिएर नाँच्दै जितमा खुशी मनाइरहेका थिए ।