६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बालबालिकालाई धमाधम सैन्य तालिम दिदैं आइएस


0
Shares

सिरिया, जेठ ४ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले धमाधम बालबालिकालाई सैन्य तालिम दिइरहेको छ ।

आइएसले अत्याधुनिक हतियार चलाउन बालबालिकालाई तालिम दिएरहेको भिडियो सार्वजनिक भएको छ । इन्डोनेसिया, फिलिपिन्स, मलेसिया लगायतका मुलुकबाट लगिएका बालबालिकालाई सिरियामा आइएसले सैन्य तालिम दिएको हो ।

आइएसले विभिन्न सामाजिक संजालमार्फत बालबालिकालाई आकर्षित गर्दै आएको छ । (एजेन्सी)