
काठमाडौं, जेठ ३ । काठमाडौंको ग्रेट हिमालयन क्रिकेट एकेडेमीले आफ्नो १७ वर्षमुनिको टोलीलाई अभ्यास खेल र प्रशिक्षणका लागि बंगलादेश लैजाने भएको छ ।
एकेडेमीले १७ वर्षमुनिको टोलीलाई बंगलादेश क्रिराशिखा पोर्टीस्थान एकेडेमी बीकेएसपीसँग पाँचओटा एक दिवसीय प्रतियोगिता खेलाउन त्यसतर्फ लैजान लागेको हो ।
आगामी मे १९ देखि २६ सम्म ढाकामा नेपाली टोलीले बीकेएसपीको १७ वर्षमुनिको टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटाले बंगलादेश जाने १९ सदस्यीय टोलीलाई बिदाइ गरे ।
सो अवसरमा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले बंगलादेशको प्रसिद्ध एकेडेमीको टिमसँग खेल्न पाउनु र त्यहाँ प्रशिक्षण गर्न पाउनु नेपाली युवा खेलाडीका लागि ठूलो अवसर भएको प्रतिक्रिया दिए ।
नेपाली टोली मंगलबार (भोलि) साँझ बंगलादेश प्रस्थान गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्