
काठमाडौं, जेठ ३ । कोलम्बियाको टर्बो सहरमा प्रहरीले करिब ८ टन लागूऔषध कोकिन बरामद गरेको छ ।
यो कोकिन अहिलेसम्म त्यहाँ बरामद गरेको सबैभन्दा ठूलो परिमाणको भएको बताइएको छ ।
उत्तर पश्चिमी तटीय सहर टर्बोमा लगाइएको केराखेतीमा कोकिनलुकाएर राखिएको अवस्थामा प्रहरीले फेलापारेको थियो ।
कोकिन ‘क्लान उसागा’ नामक आपराधिक समूहको रहेको जनाइएको छ । यो समूहमा करिब दुई हजार सक्रिय सदस्य रहेको त्यहाँको प्रहरीको अनुमान छ ।
प्रहरीले तीनजना शंकास्पदलाई पक्राउ गरेको र तीनजना भागेको विज्ञप्तिमार्फत् जनाएको छ ।
कोलम्बिया सरकारले लागूऔषध कारोबारी र अवैध खानी सन्चालन गर्ने समूहविरुद्ध हवाई कारबाही गर्ने जनाइसकेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्