१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


विश्व बक्सिङ्ग च्याम्पियनसिपमा भाग लिन सरस्वती काजकिस्तान प्रस्थान


0
Shares

काठमाडौं, जेठ २ । काजकिस्तानको आस्थनामा सोमबारदेखि संचालन हुने महिला विश्व बक्सिङ्ग च्याम्पियनसिपमा भाग लिन सरस्वती रानामगर त्यसतर्फ प्रस्थान गरेकी छिन् ।

ब्राजिलमा आयोजना हुने रियो ओलम्पिकको छनोट प्रतियोगितासमेत रहेको सो च्याम्पियनसिपमा १२ औं सागकी कास्य पदकधारी सरस्वतीले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ्ग संघले जनाएको छ ।

प्रशिक्षकमा बक्सिङ्गका प्रमुख प्रशिक्षक प्रचण्ड शर्मा रहेका छन् ।

ताजकिस्तान गएको टोलीलाई राष्ट्रिय झन्डासहित बिदाइ गरिएको थियो ।