
पोखरा, जेठ २ । पश्चिमाञ्चल क्षेत्रमा अघिल्लो वर्षको तुलनामा यो वर्ष अपराधिक घटनामा कमी आएको प्रहरीले दाबी गरेको छ ।
पोखरामा आज आयोजित पत्रकार भेटघाटमा पश्चिमाञ्चल प्रहरी प्रमुख कमल सिंह बमले अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले अपराधमा कमी आएको बताए ।
उनले पश्चिमाञ्चल क्षेत्रमा सबैभन्दा बढी रुपन्देही र त्यसपछि कास्कीमा अपराधिक घटना हुने गरेको जानकारी पनि दिए ।
पछिल्लो समय पश्चिमाञ्चलमा लागू औषध समस्याको रुपमा आएको र त्यसमा कमी ल्याउन विभिन्न कार्यक्रमहरु गरिने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्