६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


यमनमा प्रहरी मूख्यालयमा आइएसद्वारा आत्मघाती हमला


0
Shares

साना, जेठ २ । दक्षिणी यमनमा भएको एक आत्मघाती हमलामा २५ जनाको मृत्यु भएको छ । मुकाला सहरस्थित प्रहरी मूख्यालयमा हमला भएको हो ।

सुरक्षा अधिकारीहरुका अनुसार प्रहरीमा भर्ना हुनका लागि युवाहरु लामबद्ध रहेको समयमा आत्मघाती विस्फोट हुँदा २५ जनाको मृत्यु भएको हो ।

हमलाको जिम्मेवारी इस्लामिक स्टेट (आइएस) ले लिएको छ ।

हमलामा २५ भन्दा बढी घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको जनाइएको छ ।

अघिल्लो महिनामात्र सो सहरलाई सेनाले अल कायदाको कब्जाबाट मुक्त गराएको थियो । (एजेन्सी)