
बुटवल, जेठ २ । रुपन्देहीको देवदह र त्यस आसपासमा आपराधिक कृयाकलाप गर्दै आएको आरोपमा प्रहरीले आठ जनालाई पक्राऊ गरी आज सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले आज सार्वजनिक गरेकाहरुमा नवलपरासी सुनवलका शिरीष अजय भन्ने ऋषिराम, कास्की पुरन चौरका संजोग नेपाली, रुपन्देही देवदहका शालिग्राम चापागाई, राजेन्द्र धमेल, उर्गेन गुरुङ, बेनीराम सोमै, रबि केसी र मिलन भन्ने चित्र गुरुङ रहेका छन् ।
उनीहरु ज्यान मार्नेदेखि लागू औषध कारोबारी, लूटपाट लगायतका घटनामा संलग्न रहेको प्रहरीको दाबी छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काका अनुसार अभियुक्तहरु लामो समयदेखि फिरौती माग्ने र नदिएमा ज्यान मार्नेसम्मका गतिविधिमा संगठित रुपमा संलग्न थिए ।
अभियुक्तहरुबाट २ वटा मोटरसाईकल, १ लाख ३ हजार नगद, २ गोली, १ खोका, ३१ वटा मोबाईलका सिम कार्ड र ५२ ग्राम लागूऔषध समेत नियन्त्रणमा लिइएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्