
अपडेटः
काठमाडौं, जेठ १ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहली र एबीडे भिलियर्सले एकै खेलमा धेरै कीर्तिमान रच्न सफल भएका छन् ।
गुजरात लायन्सविरुद्ध शनिबार घरेलु मैदानमा खेलेको बैंगलोरले निर्धारित् २० ओभरमा ३ विकेटको क्षतिमा २४८ रन बनायो ।
यो आइपीएलको एकै खेलमा दोस्रो ठूलो योगफल हो । यसअघि, बैंगलोरले नै पुने वारियर्सविरुद्ध सन् २०१३ मा २६३ रन बनाएको थियो ।
खेलकाक्रममा दोस्रो विकेटका लागि कोहली र एबीडे भिलियर्सले ९८ बलमा २२९ रनको साझेदारी गरेका छन् । यो साझेदारी कुनैपनि विश्वको ट्वेन्टी–२० को कीर्तिमान हो ।
भिलियर्सले ५२ बलमा अविजित रहँदै १२९ तथा कोहलीले ५५ बलमा १०९ रन जोडे । एकै इनिङ्समा दुई सतक बनाउने कीर्तिमानसमेत कोहली र भिलियर्सको नाममा बनेको छ ।
त्यस्तै, कोहलीले आइपीएलको एकै सिजनमा तीनओटा शतक प्रहार गरेर कीर्तिमान रचेका छन् । अहिलेसम्म कुनैपनि ब्याट्सम्यानले एकै सिजनमा तीन शतक बनाएका थिएनन् ।
त्यस्तै, आइपीएल क्रिकेटमा बैंगलोरले फराकिलो अन्तरको कीर्तिमानी जित हासिल गर्न सफल भएको छ ।
गुजरात १८ ओभर ४ बल खेल्दै १०४ रनमै समेटिएपछि बैंगलोरले १४४ रनको फराकिलो जित हासिल गरेको हो ।
बैंगलोरका क्रिस जोर्डनले ४ तथा युज्भेन्द्र चाहलले ३ विकेट लिए ।
यो खेलमा जित हासिल गरसँगै बैंगलोरले अर्को चरण प्रवेशको आशा कायम राखेको छ । –एजेन्सीको सहयोगमा ।
प्रतिक्रिया दिनुहोस्