६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


चीनले साइबर युद्धका लागि सक्षम सेना बनाउँदै


0
Shares

काठमाडौं, जेठ १ । चीनले साइबर युद्धका लागि सक्षम सेना बनाउने तयारी गरेको छ ।

चिनियाँ सेनामा सुधार गर्दै सन् २०२० सम्म साइबर युद्ध गर्न सक्षम सेना बनाउन लागिएको चिनियाँ केन्द्रीय सैनिक आयोगले प्रकाशन गरेको योजनामा उल्लेख गरिएको छ ।

चार वर्षभित्र इन्टरनेट सन्जालमा हुने साइबर युद्धमा भाग लिन सक्षम हुने उद्देश्यले सूचना–प्रविधि र कम्प्युटर प्रविधिमा दक्षता बढाउँदै लगिएको छ ।

‘पिपुल्स लिबरेसन आर्मी’लाई विश्वस्तरको सैनिकशक्ति बनाउनु आयोगको उद्देश्य रहेको बताइन्छ ।

विश्वको सबैभन्दा धेरै सेना रहेको चीनमा करिब २० लाख सेना छन् । सेनाको संख्या ३ लाख घटाउने चिनियाँ योजना रहेको बताइन्छ । (एजेन्सी)