१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


डाँडाबजारमा ६५ लाखको लागतमा खेल मैदान निर्माण


0
Shares

धनकुटा, जेठ १ । धनकुटाको डाँडाबजारमा विद्यालय र स्थानीयको साझेदारीमा करिब ६५ लाख रुपैयाँको लागतमा खेल मैदान निर्माण गरिएको छ ।

खेल मैदान अभावका कारण खेल गतिबिधी फस्टाउन नसकेपछि डाँडाबजारको भानु उच्च माध्यमिक विद्यालयसँगको सहकार्यमा स्थानीयले आफैंले रकम जुटाएर मैदान निर्माण गरेका हुन् ।

मैदानका लागि भानु उच्च माद्यामिक विद्यालयले सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ भने स्थानीयले तीन रोपनी जग्गा खरिदका लागि हरेक घरबाट २ देखि ७ हजार रुपैयाँसम्म नगद संकलन गरेका थिए ।
 मैदान निर्माणका लागी वैदेशिक रोजगारीमा रहेका पूर्व विद्यार्थीहरुले समेत उल्लेख्य सहयोग गरेका थिए ।