९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


अन्तराष्ट्रिय फुटबलमा कोसोभो र जिब्रल्टारको औपचारिक प्रवेश


0
Shares

काठमाडौं, जेठ १ । कोसोभो र जिब्रल्टारले अन्तराष्ट्रिय फुटबलमा औपचारिक प्रवेश पाएका छन् ।

विश्व फुटबल महासंघ फिफाले युरोपियन मुलुकहरु कोसोभो र जिब्रल्टारलाई सदस्यता प्रदान गरेपछि यी दुई मुलुकहरुले अब सन् २०१८ को विश्वकप फुटबल छनौट चरणमा सहभागिता जनाउन पाउने भएका छन् ।

सदस्यता दिने विषयमा यी दुबै राष्ट्रका छिमेकी मुलुकहरुले आपत्ति जनाएपनि फिफामा भएको भोटिङमा कोसोभोको पक्षमा ८६ प्रतिशत तथा जिब्रल्टारको पक्षमा ९३ प्रतिशत मत परेको थियो ।

जिब्रल्टारलाई आफ्नै राष्ट्रको मातहत ल्याउन कुटनीतिक प्रयास गरीरहेको स्पेनले उसको विपक्षमा मत खसालेको थियो । स्पेनले ३ सय वर्ष अगाडि ब्रिटेनलाई जिब्रल्टार सुम्पेको थियो ।

यसैगरी सन् २००८ मा सर्बीयासँग छुटिएको कोसोभो विरुद्ध सर्वीयाले मत खसालेको थियो ।

कोसोभोले फिफाको मान्यता नपाँउदा पुर्व सर्वीयाली भुमीमा जन्मिएका केही खेलाडीहरु स्विट्जरल्याण्ड, सर्वीया, फिनल्याण्ड, अल्बानीया लगायतका देशहरुबाट खेल्दै आएका थिए ।

फिफाको सदस्य नभएपनि ३२ हजार जनसंख्या भएको सानो राष्ट्र जिब्रल्टारले यही वर्ष फ्रान्समा आयोजना हुन गईरहेको युरोकप फुटबल प्रतियोगिताका छनौट खेलहरुमा सहभागिता जनाएको थियो ।