८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बिहारमा गोली हानी पत्रकारको हत्या, मूख्यमन्त्री नितिशको आलोचना


0
Shares

काठमाडौं, जेठ १ । भारतको बिहारमा एक पत्रकारको हत्या गरिएको छ । बिहारको सिवानमा हिन्दुस्तान पत्रिकाका ब्यूरो चिफ राजदेव रञ्जनको शुक्रबार साँझ गोली हानी हत्या गरिएको हो ।

मोटरसाइकलमा आएका हत्याराहरुले एउटा रेलवे पुलनजिकै उनीमाथि गोली हानेका थिए । रञ्जनको हत्यासँगै बिहारमा जंगल राज सुरु भएको भन्दै मूख्यमन्त्री नितिश कुमारको आलोचना थालिएको छ ।

पूर्व मूख्यमन्त्री जीतनराम माँझीको पार्टीले त नितिशको राजीनामा नै मागेको छ । यसअघि गया जिल्लामा पनि गाडी ओभरटेक गरेको भन्दै एक विद्यार्थीलाई गोली हानी हत्या गरिएको थियो । (एजेन्सी)