
रौतहट, वैशाख ३१ । रौतहट प्रहरीले ६ ग्राम ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ ।
सर्लाही र रौतहटको सीमामा पर्ने पूर्व–पश्चिम राजमार्गको बाग्मती पुलमा मोटरसाइकल चेकजाँच गर्नेक्रममा शुक्रबार चन्द्रपुर नगरपालिका–१० सन्तपुर बस्ने २४ वर्षीय विनोदकुमार चौधरी र सिमरा भवानीपुर–६ बस्ने २७ वर्षीय लिलाराज चौधरी पक्राउ परेका हुन् ।
ना२७प ९५९३ नम्बरको ‘आपाची’ मोटरसाइकलमा सर्लाही जानेक्रममा उनीहरुलाई प्रहरीचौकी पौराइले नियन्त्रणमा लिएको हो ।
उनीहरुको बयानको आधारमा चन्द्रपुर–६ जुडिबेला निवासी २२ वर्षीय विरोधी दाससमेत पक्राउ परेका छन ।
उनीहरुलाई जिल्ला अदालत गौरबाट पाँचदिनको म्याद थप गरी अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्