६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


मुसर्रफ ‘भगौडा’ घोषित


0
Shares

काठमाडौं, वैशाख ३० । पाकिस्तानको विशेष अदालतले पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई भगौडामा सूचीमा राख्नुका साथै ३० दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

राजद्रोहका मुद्दा खेपिरहेका मुसर्रफ स्वास्थ्य परीक्षणका लागि दुबईमा छन् ।

बयानका लागि अदालतले बारम्बार आदेश दिएपनि बेवास्ता गरेको भन्दै मुसर्रफलाई ३० दिनभित्र अदालतमा उपस्थित हुन फेरि आदेश जारी गरिएको हो ।

अदालतले भगौडाको सूचीमा राखेपछि अदालत परिसरभर मुसर्रफको तस्वीर राखेर भगौडा भनी प्रचार गरिएको छ ।

अदालतले मुसर्रफलाई ३० दिनभित्र सम्पत्ति विवरण पेश गर्न पनि आदेश दिएको छ ।

सन् २००७ मा सत्ताच्यूत गरिएका मुसर्रफविरुद्ध सन् २०१३ मा राजद्रोहको मुद्दा दायर गरिएको थियो । (एजेन्सी)