९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


लिभरपुल र चेल्सी बराबरीमा, न्यूकासल र नर्वीच घटुवामा परे


0
Shares

काठमाडौं, बैशाख ३० । न्यूकासल युनाईटेड र नर्वीच सिटी इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताबाट रेलिगेसनमा परेका छन् ।

बुधबार राति भएको खेलमा सण्डरल्याण्ड विजयी भए पनि न्यूकासल युनाईडेड र नर्वीच सिटी शीर्ष डिभिजनको फुटबल प्रिमियरसिपबाट दोस्रो श्रेणीको च्याम्पियनसिपमा झरेका हुन् ।

बुधबार राति एभर्टनलाई ३– ० ले हराएको सण्डरल्याण्ड भने प्रिमियर डिभिजनमै सुरक्षित भएको छ । रातिको खेलमा सण्डरल्याण्डलाई विजयी गराउन लामिने कोनेले दुई गोल गरे भने प्याट्रिक भान आनहोल्टले एक गोल गरे ।

प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको अर्को खेलमा लिभरपुल र चेल्सीले १÷१ गोलको बराबरी खेलेका छन् ।

खेलमा चेल्सीका एडिन हाजार्डले पहिलो गोल गरे पनि लिभरपुलका बेन्टेकेले अन्तिम मिनेटमा एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।

बुधबार राती नै भएको अर्को खेलमा नर्विच सिटीले वाट्फोर्डलाई ४–२ ले हरायो । तर अर्को खेलमा सण्डरल्याण्ड विजयी भएपछि नर्वीचको प्रिमियर डिभिजनमा रहने लक्ष्य पुरा हुन सकेन ।

रातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा च्याम्पियन लेष्टर सिटीको ८० अंक भएको छ ।

एक खेल खेल्न बाँकी छँदा दोस्रो स्थानको टोटनह्यामको ७० अंक छ भने ६८ अंकको साथ आर्सनल तेस्रो स्थानमा छ । न्युकासल युनाईटेड, नर्वीच सिटी र एस्टन भिल्ला भने रेलिगेसनमा परीसकेका छन् ।